सिन्धुपाल्चोकको मानबअधिकार अवस्थ अघिल्लो वर्षको तुलनामा केहि सुध्रीयो , प्रहरी प्रसाशन यस्ता घट्नामा सम्बेदनशिल नभएको टिप्पणी
Posted on: Dec 29, 2017


सिन्धुपाल्चोक जिल्लामा २०१७ भरीमा मानव अधिकारको स्थिति कस्तो रह्यो भन्ने विषयमा अन्तरक्रियात्मक छलफल चौतारामा भएको छ । सो छलफल कार्यक्रममा शिक्षा,स्वास्थ्य,कानुन ,प्रहरी,गैरसरकारी संस्था,यनजीओ का प्रतिनिधि र पत्रकार सहभागि थिए । इन्सेकका अभिलेख अनुसार सिन्धुपाल्चोकको मानबअधिकार अवस्थ अघिल्लो वर्षको तुलनामा केहि सुध्रिएको इन्सेकका नातिबाबु धितालले बताउनु भयो ।  उहाँका अनुसार सन् २०१६ को मानव अधिकार उल्लंघन तथा ज्यादतीका घट्नामा २३ महिला सहित २६ जना पिडित भएकामा सन् २०१७ मा २२ महिला सहित २४ जना पिडित भएका छन् ।
 इन्सेकका अभिलेख अनुसार सन २०१७ मा मानव अधिकार उल्लंघनका घट्ना,कारबाहिको प्रक्रिया र घट्ना संख्या महिला अधिकार सम्बन्धि यौन हिंसाको एउटा अपुर्ण घट्ना भएको छ  र त्यस्लाई मेलमिलाप गरेको भनिएको छ । यसैगरी घरेलु हिंसा सम्बन्धि ५ वटा घट्ना भएकोमा पाचैवटा घट्नाको मेलमिलाप गरेको छ । साथै बलाल्कारको २ केस अदलतमा अनुसन्धान भइरहेको छ । बलत्कार प्रयास केस दुइवटाको अनुसन्धान गरीरहेको छ भने १ घट्नाको पिडक फरार भएका छन् । यो वर्ष ७ जना बालिका बलत्कृत भएका छन् । ३ जनालाई यौन दुब्र्यहार र एक जना बालकलाई कुटपिट गरी याताना दिएको घट्ना अभिलेखिकरण गरिएको छ ।
 छलफलको क्रममा पिडितलाइ न्यायदिनका लागि महिला तथा बालबालिका कार्यलय पुलको माध्यम हुदै काम गरिरहेको नानिमैया बस्नेतले जानकारी गराउनु भयो । पिडितलाई न्याय दिन काम गर्दै गर्दा पिडितले नै जाहेरी दिन नमानेको र त्यस्ता कुराको उपाय के गर्ने भन्ने घट्ना पनि भएको बस्नेतले बताउनु भयो । यसैगरी छलफलमा सहभागि नेकपा एमालेका प्रतिनिधि सोम सापकोटाका अनुसार प्रहरी प्रसाशन यस्ता घट्नामा सम्बेदनशिल नभएको उल्लेख गर्नुभयो । केही मुद्धाहरु त दर्ता गर्न नमानेको पनि सापकोटाले भन्नुभयो। 


Comments