तातोपानी नाका खुलाउन चीनको ‘ग्रीन सिग्नल’
Posted on: Dec 29, 2017


तातोपानी नाका खुलाउन चीनले ‘ग्रीन सिग्नल’ दिएको छ । नेपाल र चिनियाँ पक्षबिचको संयुक्त सुरक्षा बैठकमा चिनियाँ पक्षले यस्तो संकेत दिएको हो। सो बैठकमा चिनियाँ पक्षले संयुक्त सुरक्षा संयन्त्रको खाका नै प्रस्तुत गरेको छ। ‘जोइन्ट कमाण्ड मेकानिज्म एग्रिमेन्ट’ मार्फत दुवै देशको सीमा सुरक्षामा समान उपस्थिति जनाउन चीनले माग गरेको छ। यसअघि पनि यस्तो संयन्त्रको अभ्यास गइसकेको छ। अब कार्यालयनै राखेर संयुक्त सुरक्षा गर्ने चिनियाँ पक्षले बताएको छ। 

नेपाली पक्षले तातोपानी नाका खुलाउन पटक पटक प्रयास गरिरहेको छ। सिन्धुपाल्चोकबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरू अग्नीप्रसाद सापकोटा र मोहनबहादुर बस्नेतले पनि नाका खुलाउन प्रयास भइरहेको बताइरहेका छन्।
नाका खुलाउनकै लागि नेपाल–चीन सरकारका उच्च अधिकारीबिच पटक पटक राजधानीमा छलफल गरिएको थियो। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ उपविदेशमन्त्री लु छिपाओले तातोपानी नाका चाँडै खुल्ने बताएका थिए।
नेपालका लागि चिनियाँ राजदूत यू हङले तातोपानी नाका चाँडै खुल्ने बताउदै आएकी छिन्। भूकम्प र भोटेकोसी बाढीले क्षतीग्रस्त सडक पुननिर्माण सकेको चिनियाँ रेलवे कन्ट्रक्सन कम्पनी लिमिटेडले सरकारलाई सडक ‘ह्याण्डओभर’ गर्दा पनि नाका छिट्टै सुचारु हुने चिनियाँ अधिकारीले संकेत दिएका थिए।
नाका सञ्चालनको लागि सिन्धुपाल्चोक जिल्ला प्रशासन र सुरक्षा निकायको संयुक्त टोलीले भूकम्पपछि ६ पटक औपचारिक बैठक गरेको छ। अघिल्लो सदरमुका चौताराबाट सुरु गरिएको सीमा सुरक्षा बैठक हालसम्म ७ पटक बसेको प्रजिअ अस्मान तामाङले बताउनुभयो ।
अघिल्लो बैठकमा तिब्बती जिल्लाका प्रमुख पेङ लु वी, तिब्बत सुरक्षा  गाओ वान्हा र  सेनाका कोलोनेल वाङसँग तत्कालिन प्रमुख जिल्ला अधिकारी अन्तर बहादुर सिलवालल बिस्तृत छलफल गर्नुभएको थियो । चीन–नेपाल सरकारी अधिकारी बीच सदरमुकाम चौतारामा एक पटक , नेपाल कै नयाँ पुलस्थित द लास्ट रिर्सोटमा दुई पटक र अरु चार बैठक खासामा बसिसकेको छ।


Comments