भतिजीलाई जर्बजस्तीकरणी गर्नेलाई जिल्ला अदालतद्रारा १० वर्ष कैद सजायँको फैसला
Posted on: Dec 29, 2017


आफ्नै भतिजीलाई जर्बजस्तीकरणी गर्नेलाई जिल्ला अदालत सिन्धुपाल्चोकले १० वर्ष कैद सजायँको फैसला गरेको छ ।

गएको असार ३ गते पाँच वर्षीया बालिकालाई चक्लेट दिन्छु भन्दै घरमा बोलाएर चौतारा साँगाचोकगढी नगरपालिका(११ का विदुर गिरीले जर्बजस्तीकरणी गरेका थिए ।
अदालतले पीडित बालिकालाई ५० हजार रुपैयाँ पीडकबाट क्षतिपूर्त्ित भराउन समेत आदेश दिएको छ ।अदालतबाट सजाय पाएका गिरी अपाङ्गता भएका व्यक्ति हुन् । बालिकाको गुप्ताङ्ग पाकेपछि धुलिखेल अस्पताल लगेपछि मात्रै उनी बलात्कृत भएको डाक्टरले पुष्टि गरेका थिए ।
पछि बालिकालाई काउन्सिलिङमा ल्याएर फकाएर सोध्दा गिरीले जबरजस्तीकरणी गरेको बताएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले सबै अनुसन्धान पूरा गरी कात्तिक १२ गते जिल्ला अदालत चौतारामा मुद्दा दर्ता गरेको थियो ।


Comments