प्रहरी सदैव जनताको शान्ति सुरक्षा र अमन चयन कायम राख्न तल्लीन रहेको ;एस्पी मोहन प्रसाद पोख्ेल
Posted on: Dec 31, 2017


सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यलय जनता मैत्री भएन भन्ने विभिन्न टीका टिप्पनी भइरहदा प्रहरी प्रमुख एस्पी मोहन प्रसाद पोख्ेलले प्रहरी सदैव जनताको शान्ति सुरक्षा र अमन चयन कायम राख्न तल्लीन रहेको रेडियो सिन्धुलाई बताउनु भयो । प्रहरी मेरो साथि अभियान प्रहरीले निरन्तरता दिदै कसैको दबाबमा काम नगरी निपक्क्ष न्याय सम्पादनका लागी सिन्धुपाल्चोक प्रहरीले काम गरी रहेको पोख्ेलले बताउनु भयो । गत वर्ष २५ वटा विभिन्न अभियोग लागेकाहरु पक्राउ परेका छन। जिल्ला प्रहरी कार्यलयका तथ्याङका अनुसार आर्थिक वर्ष २०७४।७५ अन्तरगत हाल सम्ममा कैद जरिवाना भइ फरार रहेका ४६ जना अभियुक्त पक्राउ परेका छन ।
 पक्राउ पर्नेहरुमा कर्तव्यज्यान मुद्दामा १ जना, बहुविबाहमा ५ जना, सवारी ज्यानमा ५ जना, सुन चोरी पैठारीमा १ जना, भ्रष्टाचार र अन्यमा २ जना, रोजगार ठगीमा १ जना, प्रतिलिपी अधिकार हनन्मा ४ जना, नागरीकता सम्बन्धी ३ जना, हातहतियार खरखजानामा २ जना, लुटपिटमा ९ जना, चोरी ४ जना, ठगीमा ४ जना, कुटपिटमा २ जना, ज्यान मार्ने उद्योगमा १ जना, मानव बेचविखन तथा ओसारपसारमा १ जना, गर्भपतनमा १ जना र बन मुद्दामा १ जनालाई पक्राउ गरिएको पनि उहाँले जानकारी दिनु भयो । फरार अभियूक्तहरु २०५५ साल देखि अदालतबाट फैसला भई सजाएँ तोकिएकाहरु रहेका छन् ।


Comments