​जिल्लामा औषधी नपाउँदा एचआइभि सक्रमितहरुलाई अप्ठ्यारो
Posted on: Jan 06, 2018


जिल्लामा औषधी नपाउँदा एचआइभि सक्रमितहरुलाई अप्ठ्यारो भएको छ । एक जना कर्मचारी नभएकै कारण अस्पतालले औषधी राजधानीबाट मागाउन सकेको छैन । 
जिल्ला अस्पताल चौतारामा हेलम्बु इचोकका सुकविर लामा ४ दिन देखि औषधि कुरेर वसिरहनुभएको छ ।उहा एचआइभि सक्रमित हुनुहुन्छ ,निःशुल्क पाइने एआरटी नामको औषधि खाईरहनु भएको छ ।आफु र अरु पाँचजना सक्रमितको को लागि लिनआएको औषधि कुर्दाकुदै अप्ठ्यारो भएको सुकविर लामाको गुनासो छ ।
सिन्धुपाल्चोकमा ४३ जना एचआईभि सक्रमितले   ेजिल्ला अस्पतालबाट नियमित सेवालिइहेका छन् ।तर सक्रमितले नियमित सेवन गर्नैपर्ने र छुटाउनै नहुने एआरटि औषधिनहुदा समस्या परेको छ ।केन्द्रमा रिपोर्ट पठाउन नसक्दाऔषधिनआएको,अस्पतालका मेडिकल अधिकृत डा. विनिता सिंहको भनाई छ । 
जिल्ला अस्पतालमा एआरटि काउन्सुलरको दरबन्धि ५ महिनादेखि खालि रहदा रिपेर्ट पठाउने मान्छे छैन । एआरटि काउन्सुलरले आएका र खर्च भएकाऔषधिको रिपोर्ट गर्छ ।
तर यो दरबन्दिमा कर्मचारी नियुक्त नहुदा काम प्रभावितभई रहेको छ ।जिल्ला स्वास्थ्य कार्यलका अधिकृत रविकान्त मिश्रकेहि दिनमै सहज रुपमाऔषधि उपलग्ध गराउने प्रतिवद्धता गर्नुहुन्छ ।
नेपालमा साढे ३२ हजारमाएचआईभी एड्स संक्रमण भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । सन् २०१६ को अन्त्यसम्म नेपालमा ३२ हजार ७३५ जनालाई  एचआईभी संक्रमण भएको पाईएको हो ।  तिमध्ये २० हजार २३२ जनापुरुष रहेका छन् भने १२ हजार ५०३ जनामहिला रहेका छन् । 


Comments