महिला विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाल आज थाइल्यान्डसँग खेल्दै
Posted on: Oct 10, 2016


असोज २४, सिन्धुपाल्चोक - हङकङमा जारी महिला विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले  (सोमबार) आज थाइल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा आइतबार थाइल्यान्डले चीनलाई ७५ रनले हराएको थियो भने नेपाल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो ।एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङसँगै चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ । समूहका प्रत्येक टोलीले एक–अर्कासँग २–२ खेल खेल्नेछन् ।


Comments