२८५४ औं सोनाम लोसारको अवसरमा नवलपुरमा भव्य कन्सर्ट हुने
Posted on: Jan 06, 2018


ज्या ल्हो चरा वर्ग बाट खि ल्हो कुकुर वर्ग मा प्रवेश गरेको २८५४ औं सोनाम लोसारको अवसरमा सिन्धुपाल्चोक को इन्द्रावती गाउँपालिकाको नवलपुरमा भव्य कन्सर्ट हुने भएको छ ।
नवलपुर युनाइटेड क्लबको आयोजना मा रहेको उक्त लोसार कन्सर्ट राष्ट्रिय कलाकारहरुः जितु लोप्चन, शशिकला मोक्तान, निर्मला घिसिङ, प्रयास दोङ, विशाल कल्तान, आशमान लोप्चन, र साथमा स्थानीय कलाकारहरु को बेजोड प्रस्तुति रहने छ। माघ २२ गते क्लब को भवन नवलपुर मा उक्त कन्सर्ट रहनेछ।
यस क्लब ले आयोजना गरेको प्रथम ६ नम्बर इलाका स्तरिय फुटबल प्रतियोगिता प्रथम क्षेत्रीय नवलपुर गोल्डकप र प्रथम सिन्धुपाल्चोक जिल्ला स्तरीय फुटबल टुर्नामेन्ट यी तिनी चरण का खेल सफलता पुर्बक सम्पन्न गरा उन सफल भएको तथा यश बर्श को सोनम लोसार को मौका छोपी उक्त कन्सर्ट आयोजना गर्न लागेको क्लब का अध्यक्ष चिन लामाको भनाइ छ।
साथै उक्त कार्यक्रम फुटबल क्लब लाई पनि बिशेश सम्मान गरिने भएको छ । 


Comments