सिन्धुपाल्चोकको गिदानेमा गएराती मिनि ट्रिपर दूर्घटना , २ जनाको मृत्यु
Posted on: Jan 14, 2018


सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका वडान–५ गिदानेमा गएराती एउटा मिनि ट्रिपर दूर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सो दूर्घटनामा लिसङ्रखुपाखर गाउपालिका ७ ठूलोपाखर को ३१ बर्षीय गाडी चालक शशिकुमार लामाको ज्यान गएको हो । मृतक मध्ये एक जनाको परिचय खुल्न बाँकी रहेको छ । उनीहरु दुवैको चौतारा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ज्यान गुमाएकाहरुको शव अहिले चौतारा अस्पतालमा राखिएको छ । आफन्तजन र गाडी धनी को हुन् भन्नेबारे खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।भूकम्प पीडितको घर निमार्णका लागि गिट्टी बोकेर चौतराबाट गिदानेतीर जाँदै गरेको मिनि ट्रिपर अन्दाजी राती १२ बजेतीर गिदाने भिरबाट करिव तीन सय मिटर तल खसेर तल्लो सडक नजिकै खेतमा पुगेको थियो ।


Comments