भाउ बढेपछि नयाँ घर बनाउन तल्लीन रहेका भूकम्प पिडित अफ्ठेरोमा
Posted on: Jan 14, 2018


निर्माण सामग्रीको भाउ बढेपछि नयाँ घर बनाउन तल्लीन रहेका भूकम्प पिडित अफ्ठेरोमा परेका छन् । निर्माण सामाग्रीको मूल्य अकाशियसंगै भूकम्प सरकारले उपलब्ध गराउने रकमको सीमामा रहेर घर बनाउन भूकम्प पिडितलाई असजिलो पर्ने देखिएको छ ।  

चौतारा साङ्रगाचोक गढि नगरपालिका ७ कल्लेरीका बोद कुमारी घोरासैनिले ४ महिना अघिबाट घर बनाउन सुरु त गनुभएको छ । तर बनाउन सुरु गनुभएको घर टुङ्रगाउन भने सक्नुभएको छैन ।
कल्लेरीकै रुपा घोरासैनिको पनि घर डिपिसि सकेर गाह्रो लगाईदै छ । सिमेन्ट किन्न जादाँ ४,५ पालो कुर्नुपर्छ । उहाँका अनुसार रड पाइएको छैन, इँटा,गिटी,बालूवाको भाउ छोइसक्नू छैन  ।
पहिलो किस्ता अनूदान लिनेले पूस मसान्तसम्म नयाँ घरको डिपिसी गर्नूपर्ने नियम अनुसार जिल्लाभरका भूकम्पपीडित अहिले घर निर्माणमा छन् । तर निर्माण सामाग्री महंगो भएको उनीहरुको गूनासो छ । सामानको मूल्य त चर्को भयो, भयो सामान ढुवानी गर्ने गाडीको भाडा पनि तिर्न नसक्ने अवस्था रहेको बताउनुहुन्छ, स्थानीय हरीमाया घोरासैनि ।
अहिले सबैलाई निर्माण सामग्री चाहिएकोले त्यसको फाइदा उठाउदै व्यापारी र व्यवसायीले जथाभावी मूल्यवृदि गरिरहेका छन् ।  निर्माण सामाग्रीको बढेको भाउ र घर बनाउन स्थानीयलाई परेको मर्काबारे स्थानीय तह बेखबर जस्तै बनेको भन्दै नागरिकको गूनासो छ । 
कामदार अभावको कारणले पुननिर्माणले गति लिन नसकेको पुनर्निर्माण प्राधिकरण समन्वय समिति सचिवालयका प्रमुख रुद्र मल्लले बताउनुभयो । मल्लले हालसम्म आठ हजार दुईसय ७२ ले निर्माण सकिसकेको र ४० हजार दुई सय ४४ ले जग हालेको बताउनुभयो ।
हालसम्म पहिचान गरिएका ८३ हजार ६ सय ६३ लाभग्राहीमा ७५ हजार ६ सय ५२ ले पहिलो किस्ता लगिसकेका छन् । जसमा ७५ हजार सात सय ६५ सँग अनुदान सम्झौता भएको थियो । २६ हजार ६ सय ९९ ले दोस्रो किस्ताको लागि सिफारिस गरेका छन् । भने, चार हजार आठसय ५१ ले तेस्रो किस्ताको लागि निवेदन दिएका छन् ।सरकारले म्याद थप नगरेमा दोस्रो किस्ताको रकम लिने म्याद आजवाट सकिँदैछ ।


Comments