​सन्धुपाल्चोकको सखुवामा बोलेरो दुर्घट्नामा २ जनाको मृत्यु
Posted on: Jan 18, 2018


आज बिहिबार सिन्धुपाल्चोकको सखुवामा बोलेरो दुर्घट्नामा २ जनाको मृत्यु भएको छ । ज्यान जानेमा बाह्रबिसे नगरपालिका ८ माने सवराका १४ वर्षकी गोमा तामाङको किस्टन अस्पताल बाह्रबिसेमा र बर्ष १५ की पासाङ तामाङ धुलीखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । अरनिको राजमार्गमा तातोपानि बाट बाह्रबिसेतर्फ हिडेको ना १ च ९९,५० नं को बोलेरो अनियन्त्रीत भइ पल्टिदा सो दुघट्ना भएको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार घाइते भएकालाई काठमाण्डौ तथा धुलीखेल तर्फ लगीएकोमा ८ जनाको उपचार भैरहेको  छ । घाइतेको अबस्था मध्यम रहेको छ भने ४ जना डिस्चार्ज  भइसकेको छ । चालक ईलाका प्रहरी कार्यलय बाह्रविसेको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।


Comments