डाडागाउमा भलिबल प्रतियोगिता सम्पन्न,गतिशिल युवा समुह फुलपीङकोट प्रथम
Posted on: Jan 18, 2018


२८५४ औ सोनाम ल्होछार खि ल्हो कुकुर वर्षको अवसरमा बलेफी गाउपालिका वडा नं ४ डाडागाउमा गाउपालिका स्तरीय भलिबल प्रतियोगिता खेल बिहिबार आज सम्पन्न भएको छ । फ्याफुल्ला युवा क्लबको आयोजनामा भएको प्रतियोगिता माघ २ गते देखि सुरु भइ ४ गते सकिएको हो । प्रतियोगितामा प्रथम भएका गतिशिल युवा समुहले नगत रु १५ हजार , शिल्ड , मेडल , प्रमानपत्र प्राप्त गरेका छन । दोस्रो हुने आयोजक फ्याफुल्ला युवा क्लबले नगद १० हजार शिल्ड , मेडल , प्रमानपत्र र तेस्रो हुने घिन्ताङ साँस्कृतिक कला केन्द्रले ५ हजार शिल्ड , मेडल , प्रमानपत्र पाएका छन ् ।  प्रतियोगितामा ९ वटा टिम सहभागी थिए । साथै साँस्कृतिक कार्यक्रम पनि भएको छ । कार्यक्रमका प्रमुख अतिथि सरेस नेपालले ल्होछारको शुभकामना ब्यक्त गदै गाउपालिका स्तरीय मात्र नभइ खेल क्षेत्रलाई अझै अगाडि बढाउन सक्ने बताउनु भयो ।


Comments