महिला सशत्तिकरण र लैंिगक हिंसा सम्बन्धि कथा लेखन सम्पन्न
Posted on: Jan 24, 2018


महिला सशत्तिकरण र लैंिगक हिंसा सम्बन्धि मावि स्तरीय कथा लेखन प्रतियोगिता आज चौतारामा सम्पन्न भएको छ । प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका भित्रका ११ वटा विद्यालयका विद्यार्थीहरुले गाउठाउकै परीवेसलाई मेल खाने गरी कथा लेखेका छन् । विद्यार्थिहरुले लेखेका कथा अगामि मार्च महिनामा  एक कार्यक्रमको आयोजना गरी प्रकासित गर्ने र उत्कृष्टलाई पुरस्कृत गरीने आयोजक सस्थाले जनाएको छ ।

कार्यक्रम ईक्वेल एक्सेस र युएन उम्यान परास्पारिक जवाफदेहिता परियोजन अन्तरगत सामुदायिक सारार्थीले चौतारा बहुमुखि क्याम्पसमा आयोजना गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले सदरमुकाम आसपासकै ठाउका महिलाहरु अझै पछाडिनै रहेको बतानुभयो । उहाले नागरीकता बनाउन जिल्ला प्रशासन कार्यलयमा आउदा आमाको नामबाट पनि नागरीकता बनाउन सकिन्छ भन्नेकुरा अझै अधिकांस महिलाहरु स्वयमलाई थाहा नहुने गरेको आफुले पाएको बताउनुभयो । 

हिैसाामा परेका महिलाहरुको  मुद्धा महिलाले मात्र नभएर महिला पुरुष दुबैको सहभागितामा छिनोफनो भएमात्र सवृद्ध समाज बन्न सक्ने तर्क राख्नुभयो । कार्यक्रम महिला तथा बालबालिका कार्यलयकी प्रमुख अधिकृत सिता अधिकारीले घरायसि झगडा , बोक्सि आरोममा अझैपनि महिलाहरु हिंसामा पर्ने गरेको बताउनुभयो ।
सिन्धुपाल्चोक जिल्ला मानव बेचविखनले आक्रान्त भएकोले यस्ता कार्यक्रमले सचेतना जगाउदा यस्ता कम हुदै आएकोपनि  बताउनुभयो ।
कार्यक्रम सामुदायिक सार्राथिका निर्देशक  तारा भन्डारीको अध्यक्षतामा सम्पन्न भएको  हो । 


Comments