​चौतारा टुडिखेलमा फुटबल प्रतियोगितामा जारी
Posted on: Jan 25, 2018


पौष ११, सिन्धुपाल्चोक , सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा टुडिखेलमा माघ ८ गतेबाट सुरु भएको जिल्ला स्तरीय फुटबल प्रतियोगितामा जारी छ । चौचारा युवा क्लवबो आयोजनामा भएको खेलमा ११ टिमले सहभागिता जनाएका छन् ।
आज विहान भएको खेलमा ईर्खु युथ क्लबले घलेगाउ चौतारा युवा क्लवलाई १ ० ले हराएको छ । यस्तै आजको दोश्रो खेलमा सागाचोक भन्ज्याङ क्लव र टुडिखेल युथ क्लवबिच भएको खेलमा साङ्रगाचोक भन्ज्याङले ४ ३ ले  टुडिखेल युथ क्लवलाई पराजित गरेको आयोजक क्लबले बताएको छ । यस्तै आजै भएको तेस्रो खेलमा साङ्रगाचोक काभ्रेले ५ ० को अन्तरले  चौतारा यथलेटिक क्लवलाई पराजित गरेको छ । यस्तै आजको अन्तिम खेलमा आयोजक चौतारा युथ क्लब र चौतारा ५ क्लवबिचको खेल गोल रहित बराबरीमा टुङ्रगिएको छ । 
प्रतियोगिताको फाईनल खेल १४ गते हुने आयोजकले बताएको छ ।


Comments