गाउँमै स्वास्थ्य केन्द्र बनेपछि नगरबासि खुसि
Posted on: Jan 25, 2018


पौष ११, सिन्धुपाल्चोक ,  गाउँमै स्वास्थ्य केन्द्र बनेपछि उपचारका लागि घण्टौं खर्चने समस्याबाट नागरीकले मुक्ती पमएका छन् ।नजिक स्वास्थ्य संस्था नभएर सामान्य उपचार गराउन पनि टाढा पुग्नुपर्ने स्थानीयलाई लक्षित गरी सुरु गरिएको सहरी स्वास्थ्य केन्द्रबाट सेवागा्रहि खुसि भएका छन् । उपचारपछि नगरपालिकाको साँगाचोक बजारमा स्वास्थ्य संस्था नभएकै कारण प्राथमिक उपचार गर्न पनि घण्टौं समय माया मारेर जल्केनी वा चौतारा पुथ्नुपर्ने बाध्यताबाट सहरी स्वास्थ्य केन्द्रले मुक्ति दिलाएको छ् । 

स्थानीय समेत रहेकी डा. सविना पराजुलीले विदेशी दाता खोजी भवन र आबश्यक उपकरणको व्यवस्था मिलाएपछि नगर पालिकाको सहमतिमा केन्द्र सुरु गरिएको बताउनुभयोे । केन्द्रको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले आज एक समारोहबीच सुभारम्भ गर्नुभएको छ ।अष्ट्रेलियन नागरिक थियो फ्रिट्सेको पहलमा जुटेको आर्थिक सहयोगले स्वास्थ्य केन्द्र सञ्चालनका लागि भवन तयार गरिएको डा. पराजुलीले बताउनुभयो । । ‘सानो समस्या लिएर पनि धुलिखेल या अन्यत्र पुग्नुपर्ने स्थानीयको बाध्यता अन्त्य गर्न यो प्रयास थालिएको स्वास्थ्य केन्द्र सञ्चालनकी अभियन्ता डा. पराजुलीले बताउनुभयो । साथै ‘साप्ताहिक रुपमा भएपनि नियमित चिकित्सक मार्फत सेवा उपलव्ध गराउने अभियानमा रहेको उहाको भनाई छ ।

टाढा स्वास्थ्य केन्द्र भएका कारण समस्यामा रहेका स्थानीयलाई लक्षित गरी निर्माण गरिएको स्वास्थ्य केन्द्र दुई वर्षको प्रयत्नपछि सञ्चालनमा आएको केन्द्र व्यवस्थापन समितिका संयोजक पदम पराजुलीले बताउनुभयो  । उहाले स्थानीय सरकारको जनतासँग अभियान सफल बनाउन पनि केन्द्रले सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 
सामुदायिक रुपमा स्थापित स्वास्थ्य केन्द्र सञ्चालन र व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिएको छ । यो सँगै चौतारा साँगाचोकगढी नगरपालिकामा एक अस्पतालसहित स्वास्थ्य संस्थाको संख्या १५ पुगेको छ ।


Comments