​थुम्पाखरमा बर्थिङ सेन्टरको उत्घाटन
Posted on: Jan 25, 2018


निरोज चौलागाई , माघ ११ , सुनकोसी गाउपालिका ६ थुम्पाखरमा आज बर्थिङ सेन्टरको उत्घाटन गरीएको छ । गाउपालिकाका अध्यक्ष  श्रवण कुमार जिसिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाको यो ३२ औ सेन्टर उद्रघाटन गरीएको हो । 

यप पालिकाले स्वास्थ  कार्यक्रम बाट  सो सेन्टर  निर्माणको लागि एक लाख सहयोग  गरेको छ । साथै वान हार्ट वर्ल्ड वाइड ले दुई लाख बराबरको औजार  सहयोग  गरेको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी एबम पालिका अध्यक्ष  श्रवण  कुमार जिसिले स्वास्थ  छेत्र  महत्त्वपूर्ण भएकोले स्वास्थ क्षेत्रलाई सुधार गर्दै सम्पुर्ण  जनताको  पहुँचमा  र्पुयाउनु पर्ने बताउनुभयो  ।
साथै उहाले पालिकाको स्वास्थ छेत्रको सुधार र जनताको  पहुँचमा  पुग्ने खालेक सेवा प्रदान गर्दै आएको पनि बताउनुभयो ।  कार्यक्रम वडा अध्यक्ष रामकुमार थापाको सभापतित्वमा भएको छ  ।


Comments