​वडा नं ६ थुम्पाखरमा पुननिर्माणको लगभग ८० प्रतिशत काम सकियो
Posted on: Jan 25, 2018


सिन्धुपाल्चोकका नागरिक अहिले नयाँ घर बनाउन जुटि रहेका छन् ।सुनकोशी गाउपालिका वडा नं ६ थुम्पाखरमा भने पुननिर्माणको काम  लगभग ८० प्रतिशत सकेको वडा अध्यक्ष राम कुमार थापाले बताउनु भयो । सो वडामा मापदण्ड अनुसारको घर निमार्ण भए नभएकोबारे  बास्ताविक थाहा पाउन आफू स्वयम अनुगमनमा खट्दै आइरहेको वडा अध्यक्ष थापाले बताउनुभयो । 
सुनकोशी गाउपालिका वडा नं ६ मा स्थानिय तहको चुनाब बाट निर्वाचित भएपछि  गाउमा बाटो नभएका ठाउमा सडक बाटो पुर्याएने कार्यजारी रहेको रेडियो सिन्धु लाई बताउनु भयो । थुम्पाखरको ढोप्का, गुल्मी , कल्लाबारी , लप्सेनिग्रे ठाउमा सडक बाटो बनेको छ । यसले नयाँ घर बनाउन चाहिने समान ढुवानी गर्न राहत भएको स्थानियले बताएका छन् ।  
अहिलेसम्ममा सुनकोशी गाउपालिका वडा नं ६ मा  ४ सय ६० जनाले दोसू्रो किस्ता प्राप्ता गरेसका छन् । भने ४७० जनाको फाइल दोस्रो किस्ताका लागि केन्द्रमा पठाइसकेको छ । यसैगरी ११० जनाले तेस्रो किस्ता पाइसकेका छन् र ५० जनाको तेस्रो किस्ताका लागि डकुमेन्ट जिल्लामा पठासकेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । 
उहाँका अनुसार थुम्पाखरमा केहीले दोस्रो किस्ता पाएपछि अरुले नि घर बनाउन सुरु गरेका छन् । 


Comments