कफी खेतिका लागि सिन्धुपाल्चोकपनि उक्तम
Posted on: Jan 25, 2018


नेपाल सरकार राष्ट्रिय चिया तथा कफी विकास वोर्ड क्षत्रीय कार्यलय पोखराको आयोजनामा आज सिन्धुपाल्चोक चौतारामा कफी पुन जागृति तथा उत्प्रेरण तालिम सम्पन्न भएको छ । 
तालिममा जिल्लाका रहेका कफी कृषक र कफी खेतिमा अभिरुचि राख्ने कृषकहरुको सहभागिता थियो । 
कार्यक्रममा राष्ट्रिय चिया तथा कफी विकास वोर्डका क्षत्रीय निर्देहक लक्ष्मण पोखरेलले कफी खेतिका लागि सिन्धुपाल्चोकपनि उक्तम रहेको र ब्यवसायिक सम्भावना बलियो भएको बताउनुभयो । सुख्खा जमिन भएको पहाडि भुभागमा कफी खेति राम्रो हुने उहाले बताउनुभयो ।

विस्व बजारमा झन्डै ८ हजार मेट्रिक टन कफी  अन्य देशमा नेपालबाट माग हुने गरेको छ । तर नेपालमा ४ सय ६६ मेट्रिक टनमात्र उप्पादन हुने गर्दछ ।


Comments