दोस्रो किस्ताका लागि म्याद थप गरेसँगै भूकम्पपीडितमा खुशी
Posted on: Jan 25, 2018


माघ ११ , सिन्धुपाल्चोक , सरकारले स्थायी आवास निर्माणका लागि रकमसँगै दोस्रो किस्ताका लागि म्याद थप गरेसँगै भूकम्पपीडितमा खुशी छाएको छ । कामदार अभाव अनि मंहगीका कारण आवास निर्माण गर्न नसकेका पीडितलाई लक्षित गर्दै मन्त्रीपरिषदको निर्णयलाई गाउावासीले स्वागतया्ग्यसमेत मानेका छन् ।

यदि सरकारले दोस्रो किस्ता लिनका लागि म्याद थप नगरेको भए सिन्धुपाल्चोकका झण्डै ४५ हजार भूकम्पपीडित परिवारले आवास निर्माणको अनुदान पाउने थिएनन्् । चौतारा साँगाचोकगढी नगरपालिकामा मात्रैझण्डै ३४ प्रतिशत लाभग्राही अनुदान पाउनबाट वञ्चित हुने थिए । पुस मसान्तसम्म दोस्रो किस्ताका लागि निवेदन बुझाउनुपर्ने सरकारको बाध्यकारी निर्णयले पीडितहरु चिन्तामा थिए । अब यो समस्याको समाधान भएको छ । 
जिल्लाभर पुस मसान्तसम्म जिल्लामा दोस्रो किस्ताका लागि ३३ हजार आठ सय १६ परिवारको प्रमाणिकरण भएको छ । पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिले जिल्लामा ७८ हजार पाँच सय ३७ परिवार लाभग्राही सूचीमा समावेश गरेको थियो । सरकारले म्याद थपको घोषणा गरेसँगै जिल्लाका ४४ हजार सात सय २१ परिवार अनुदान पाउने भएका छन् ।
मन्त्री परिषदको निर्णयले अब पुनर्निमाण तीब्र हुने देखिन्छ । कामदार अभाव र चुलिँदो महंगीका कारण सरकारले तोकको पुस मसान्तको ‘डेड लाइन’मा आवास निर्माणको पहिलो चरण (डीपीसी) पार गर्न नसकेको पीडितहरु बताउँछन् । उनले सरकारले समय सीमा तोकेर अनुदान नदिने घोषणा गर्दा पीडितका समस्या सुल्झाउनतिर सरकार लागेको पीडितहरुको भनाई छ । चौतारा साँगाचोकगढी नगरपालिका ३ का शैलेन्द्र शिलवाल
कामदार गाउँमा नपाउँदा पीडितहरुले आवास निर्माण गर्न नपाएका हुन् । अहिले जिल्लाका विभिन्न गाउँमा बाहिरी जिल्लाबाट आएक कामदारले भूकम्पपीडितका घरहरु निर्माण गरिरहेका छन् । जिल्लामा दाङ, इलाम, स्याङ्जा, बाके, बर्दियाका कामदार भूकम्पपीडितको घर निर्माणमा सक्रिय छन् ।
सरकारले आवास निर्माणका लागि तीन चरणमा गरेर तीन लाख रुपैयाँ दिने घोषणा गरेको थियो । अहिले फेरि १ लाख रुपैयाँ थप गर्ने निर्णय गरेको छ । समयमै घर निर्माण गर्न नसक्दा पुस पुसान्तको डेडलाइन पार नगरेका पीडितहरु अब निर्माणतिर लाग्न सरकारको पछिल्लो निर्णयले हौसाएको छ ।
पुनर्निर्माण प्राधिकरणले प्रमाणिकरण गरेर अनुदान सम्झौता गरेका मध्ये ४५ हजार सात सय ७१ परिवारले मात्र निर्माण सुरु गरेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईको तथ्यांक छ । आवास निर्माण सुरु गरेर पुस मसान्तभित्र डीपीसी नगरेका ११ हजार नौ सय ५५ परिवारले पनि अनुदान पाउनबाट वञ्चित हुने थिए । 
अहिले चौतारा साँगाचोकगढी नगरपालिकाले निर्माणलाई तीव्रता दिन कार्यालयमा हुने कार्यसम्पादनलाईसमेत तीव्रता दिएको छ । नक्सा पासलगायत विभिन्न काम लिएर आउने भूकम्पपीडितलाई सहज सेवा प्रवाह भइरहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका इन्जिनियर बद्रीनारायण भुजेल.
चौतारा साँगाचेकगढी नगरपालिकामा १३ हजार एक् सय ९ लाभग्राही छन् । तीमध्ये ८ हजार ७ सय ६५ले दोस्रो किस्त लिइसकेको तथ्यांक नगरपालिकामा छ । यदि  सरकारले पुस मसान्तलाई नै आधार मानेको थियो भने बाँकी लाभग्राही अनुदान पाउनबाट वञ्चित हुने थिए । नरगपालिकाको पुनर्निमाण हेरिरहेका सब इञ्जिनियर....... गोविन्द सापकोटा.
प्राधिकरण र नगरपालिकामा पनि आवास निर्माण नथालेका पीडितहरु अभावकै समस्या लिएर आउने गरेका छन् । नगरपालिकाभित्र घर सम्पन्न गरेर तेस्रो किस्त लिनेको संख्या बढ्दो छ । जिल्लाभर घर निर्माण गरेर जिल्लाका पाँच हजार ३३ भूकम्पपीडित परिवारले तेस्रो किस्ता लिएका छन् । सरकारले नयाँ निर्णय गरेसँगै पुनर्निर्माणले तीब्रता पाउने देखिन्छ .


Comments