​चौतारामा एकतर्फी बाटो सन्चालन हुदै
Posted on: Jan 25, 2018


माघ ११ ,सिन्धुपाल्चोक , जिल्लाको मुख्य चौतारा बजारमा  बाटो व्यवस्थित हुन नसक्दा सर्वसाधारण मर्कामा परेका थिय । नगरपालिकाले एकतर्फी  बाटो विस्तार गर्न थालेपाछि व्यबासायि कबिता तिमल्सिना खुशी देखिनुहुन्छ । विगत ८ बर्षदेखि चौतारामा स्टेशनरी व्यबासय गर्दै आउनु भएको कविता बाटोमा टिफर र ट्क गुड्दा धुलो र बसको आवाजले ग्रहाकसंग कुरा गर्न र व्यपार गर्न समेत समस्या भएको बताउनु हुन्छ । 

एकतफी बाटो सञ्चालन भएपछि आज दिनभर बजार शान्त रहेको कविताको ठम्याई छ । विहानको समय र कार्यलयहरु बन्दाभएको समयमा बजारमा गाडी जाम भएर  बाटोमा हिड्न समस्या भएको र धुलोले स्वास्थ्यमा समास्य आउने बताउछन चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नम्बर ३ बतासेका गिरीराज कटुवाल बताउनु हुन्छ ।
नगरपालिकाकाले गरेको यो कार्यले नगरबासी र सदरमुकाममा काम विशेषले आईपुगेका नागारिकका लागि पनि लाभ भएको गिरीराजको भनाईछ । बसपर्क देखि टुडिखेलसम्मको बाटो सागरोहुदाँ घण्टौ सम्म जाममा बस्नुपरेका समस्या र बजार क्षेत्रमा दुर्घटना भएको कारण दुर्घटना न्युनिकरणको लागि नगरपालिकाले यो निर्णय गरेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का नरमान श्रेष्ठ बताउनु हुन्छ ।बजार क्षेत्रको दुर्घटना न्युनिकारण गर्नू यो नगरपालिकाको राम्रो कार्य हो । नगरपालिकामा मात्र नभइ जिल्लालाई नै दुर्घटना मुतm बनाउन जरुरी छ । 


Comments