विकास निमार्णका कामका बारेमा पालिका प्रमुखको अनुगमन
Posted on: Jan 26, 2018


सिन्धुपाल्चोकको  सुनकोशी गाँउपालिकाले पालिका भित्र भएका विकास निमार्णका कामका बारेमा आज अनुगमण गरेको छ । 

गाँउपालिका भित्रका विद्यालयका प्रधानाध्यापक संग बैठक गरि शैक्षिक गुणस्तर अझ राम्रो बनाउनु पर्ने भन्दै शिक्षा क्षेत्रमा सुधार ल्याउन पनि गाँउपालिकाका प्रमुख श्रवाण जिसिले निर्देशन दिनु भएको छ ।
यस्तै गाँउपालिका भित्र भएका शिक्षा स्वास्थ्य सडक र भुकम्प पडितको आवास निमार्णको कामका बारेमा अनुगमन गर्न पालिका प्रमुख आफै अनुगमनमा जानुभएको थियो । त्यस्तै गाँउपालिकामा भएका नागारिकको गुनासोलाई तत्काल सम्बोधन गरि सर्वसुलभ रुपमा पालिकामा सेवा दिन आफु तत्पर रहेको पालिका प्रमुख जिसिको भनाई छ । 


Comments