​फरार अभियुक्त पक्राउ
Posted on: Jan 26, 2018


मानव बेचविखन तथा ओसारप्रसार मुद्धामा फरार अभियुक्तलाई आज जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोक र ईलाका प्रहरी कार्यलय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी अधिकृतको टोलिले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मार्मिङ ४ हाल भोटेकोसि ५ का ३५ वर्षीय टासि कामि तामाङ भन्ने पाल्देन तामाङ रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले बताएको छ । पक्राउ परेका अभियुक्त तामाङलाई केन्द्रिय अनुसन्धान ब्युरो सिआईविमा वुझाईएको छ ।
यस्तै कर्तब्य ज्यान मुद्धामा फरार अर्का अभियुक्तलाई पनि कारागार चलान गरीएको छ ।गत माघ ९ गते जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी अधिकृतको टोलिले प्रक्राउ गरेको मेलम्चि ५ का ३६ वर्षिय विल वहादुर भनिने कृष्ण वहादुर सार्कीलाई चेल चलान गरीएको छ । अभियुक्त सार्किलाई कर्तब्य ज्यान मुद्धामा जिल्ला अदालत सिन्धुपाल्चोकले १ वर्ष ११ महिना ९ दिन जेल सजाय र पाच सजाय जरीवाना सुनाय सङ्रगै फरार रहेका थिय ।


Comments