हेवि ट्रक र ट्रिपरलाई एकतफी बाटो कायम
Posted on: Jan 26, 2018


सिन्धुपाल्चोक , जिल्लाको मुख्य चौतारा बजारमा नगरपालिकाले हेवि ट्रक र ट्रिपरलाई विहानको समय आठ बजेदेखि साझ ५ बजेसम्मका  एकतफी बाटो कायम गरेको छ ।
एकतफी बाटो सञ्चालन भएपछि दिनभर बजार ब्यवस्थित जस्तै भएको  बजारमा ब्यवसाय गर्ने हरुले बताएका छन् ।
विहानको समय र कार्यलयहरु बन्द हुने समयमा बजारमा गाडी जाम भएर  बाटोमा हिड्ने र धुलोले स्वास्थ्यमा समास्य आउने गरेको बजारबासिको गुनासो थियो ।
नगरपालिकाकाले गरेको यो कार्यले नगरबासी र सदरमुकाममा काम विशेषले आईपुगेका नागारिकका लागि पनि लाभ भएको उनिहरुको भनाई छ  । बसपर्क देखि टुडिखेलसम्मको बाटो सागरोहुदाँ लामो समय जाममा बस्नुपरेका कारण  नगरपालिकाले यो निर्णय गरेको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष नरमान श्रेष्ठले बताउनु भयो । 

 


Comments