​३ टिम सेमिफाईनलमा प्रवेस
Posted on: Jan 26, 2018


सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा टुडिखेलमा जारी  जिल्ला स्तरीय फुटबल प्रतियोगितामा आज ३ टिम सेमिफाईनलमा प्रवेस गरेको छ ।
आज भएको दोश्रो खेलमा साङ्रगाचोक युवा क्लव र चौतारा जुनियर फुटबल क्लवबिच भएको खेलमा चौचारालाई २ ० ले पराजित गर्दै साङ्रगाचोक युवा क्लव सेमिफाईनलमा प्रवेस गरेको हो ।यस्तै आजको तेसा्रे खेलमा चौतारा फ्रेन्सिप क्लव साङ्रगाचोक भन्ज्याङ युवा क्लव संग १ ० ले पराजित भएको छ र साङ्रगाचोक भन्ज्याङ युवा क्लव सेमिफाईनलमा प्रवेस गरेको हो । 
यस्तै आज भएको अन्तिम खेलमा आयोजक संग इर्खु युवा क्लव १ ० ले पराजित भएको छ । इर्खु युवा क्लवलाई पराजित गरेसङ्रगै  आयोजक टिमपनि सेमिफाईनलमा प्रवेस गरेको छ । आज विहान भएको पहिलो खेलमा पिपलडाडा र चौतारा पाच विचको खेल २ २ गोलको बराबरीमा सकिएको थियो ।।एउटा लिग खेल सकिएपछि भोलिबाट सेमिपलाइनल खेल सुरु हुदै छ ।
चौचारा युवा क्लवबो आयोजनामा भएको खेलमा ११ टिमले सहभागिता जनाएका छन् ।प्रतियोगिताको फाईनल खेल १४ गते हुने आयोजकले बताएको छ ।


Comments