उत्कृष्ट विद्यार्थी सम्मानित
Posted on: Feb 04, 2018




माधबलाल कर्मचाय शैक्षिक छात्रबृति कोषले उत्कृष्ट विद्यार्थिलाई आज सम्मान गरेको छ ।चौतारामा एक कार्यक्रम आयोजना गर्दै श्री कृष्ण रत्न गंगा उच्च माध्यपमीक विद्यालयमा  विज्ञान संकायमा  कक्षा ११ का अध्ययनरत राजकृष्ण सापकोटालाई पुरस्कृत गरेको हो  ।
 
कोष्का सस्थापक कमाचार्यको ८२ औ जन्मउत्सवको अवसरमा उप्कृष्ट विद्यार्थिको रुपमा नगद २०,०००। हजार रकम सहित सापकोटालाई सम्मान गरेको हो ।माधबलाल कर्मचाय शैक्षिक छात्रबृति कोषले यस अगिका वर्षमा पनि उत्कृष्ट विद्यार्थिलाई सम्मानित गर्दै आएको छ ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद अग्नि प्रसाद सापकोटाले पुूरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा बोल्दे सांसद सापकोटाले शिक्षालाई  प्राथमिकता दिएर उत्कृष्ट विद्यार्थिलाई पुरस्कृत गरी शिक्षा प्रति होसला र उत्प्रेरण दिएकोमा कोष प्रति खुसि ब्यक्त गर्नुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पनि उत्कृष्ट विद्यार्थिलाई बधाई दिदै सफलताको कामना गर्नुभएको थियो ।


Comments