अक्सफामको आर्थिक सहयोग र जनहित ग्रामिण सेवा समितीको साझेदारीमा एकिकृत बस्ती निर्माण
Posted on: Feb 04, 2018



 

हेलम्बु गाँउपालिकाको तेम्बाथानमा  ३ करोड २० लाख लागतमा एकिकृत बस्ती निर्माण हुने भएको छ । 
साबिक हेलम्बु गाउपालिकाको वडा नं १, ३ र ९  मा अक्सफामको आर्थिक सहयोग र जनहित ग्रामिण सेवा समितीको साझेदारीमा ४० वटा घर भएको एकिकृत बस्ती निर्माण हुने भएको हो ।  
लाभग्राही सुचीमा परेका मध्ये साविक हेलम्बु गाँउपालिकाको ३७ घर जोखिमयुतm रहेका छन् । 
जम्मा ८ सय ६८ घरधुरी रहेको हेलम्बु गाँउपालिकामा २४० घरधुरीले मात्रै निर्माण किस्ता  लिने प्रक्रियामा रहेका छन् । स्थानीयले ५३ घर बनाइदिन माग गरेपनि अक्सफामले ४० घरधुरीमात्र निर्माण गर्ने भएको छ  त्यस्तै  बाँकी अपुग रकम थप खर्च लागेमा गाँउपालिकाले सहयोग गर्ने भएको छ  ।  घर निर्माण प्रक्रियामा सबैलाई समान हुने गरी गोलाप्रथाबाट निर्माण गरिने भएको छ । उतm बस्तीमा निर्माण हुने घरहरुमा ह्योल्मो संस्कृति झल्कीने झ्याल र ढोका राखी घर निर्माण गरिने गाँउपालिका प्रमुख निमा ग्याल्जेन शेर्पा बताउनु भयो  । बस्तीमा निर्माण हुन लागेको घरधुरीको गाँउपालिकाले निशुल्क नक्सा पास गरिदिने समेत शेर्पाले बताउनु भयो  । 
तेम्बाथाङ एकिकृत बस्तीको पुर्णनिर्माणको लागि पुर्णनिर्माण प्राधिकरणले कुनै कन्जुस्याई नराख्ने पुननिर्माण प्राधिकरणका रुद्व मल्लले बताएका छन् । 
त्यस्तै बैशाख ७२ को विनाशकारी भुकम्पले क्षती पु¥यासगै छरिएर रहेका बस्ती एकीकृत बनाउनका लागि अवसर बनेको जिल्ला समन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङले बताउनु भएको छ । 


Comments