२४ घर परिवारलाई लालपुर्जा वितरण
Posted on: Feb 04, 2018


सिन्धुपाल्चोकको इन्द्रवती गाउपालिका वडा नं ४ स्थित मुलेमा १९ परिवार र नवलपुर नजिक २४ परिवारलाई वस्ति स्थान्तरण गरी पुननिर्माण प्राधिकरणले शुक्रबार लालपुर्जा वितरण गरेको छ । पुननिर्माण प्राधिकरण केन्द्रबाट जिल्लाको सिम्पलकाभ्रे बसेरीका ४३ घर जोखिम भएको नाम आएपछि ती जोखिम बस्तिलाई सारेको एन आरएका प्रमुख रुद्ध मल्लले बताउनु भयो । मल्लका अनुसार लाभगा्रहीलाई प्रति परिवार दुई लाख रुपैयाको घरेडी खरिद गरी लालपुर्जा हस्तानतरण गरेको छ ।

 सिन्धुपाल्चोकका पहिलो चरणमा २७३ घरपरिवार जोखिम बस्ति रहेको घोषणा भएको थियो । भने दोस्रो चरणमा २४८ गरी जम्मा सिन्धुपाल्चोकमा ५२१ घरपरिवार जोखिम रहेको छ । जसमध्य पहिलो चरणमा १८ र हिजो दोस्रो चरणमा ४३ गरी अहिले सम्ममा ६१ घरपरिवारलाई बस्ति स्नानतरण गरीसकेको  पुननिर्माण प्राधिकरण सिन्धुपाल्चोकले जनाएको छ । जोखिम बस्ति अन्यन्त्र सार्ने काम तीव्र रुपममा अगाडि बढिरहेको रुद्ध मल्लले बताउनु भयो ।

 


Comments