आँखा शिविरमा १ सय ८६ जनाको आँखा जाँच
Posted on: Feb 04, 2018


शनिबार चौतारामा आयोजित आँखा शिविरमा १ सय ८६ जनाले आँखा जाँच गरेका छन् । चौतारा साँगाचोकगढी वडा न ५ को कार्यलयमा आयोजित आँखा शिविरमा १ सय छयासी जनाले आँखा जाँच गरेको आयोजक संस्थाले जानाएको हो । एक बालिकालाई भने तिलगंगा आँखा अस्पतालमा रिफर गरेको छ ।
जिल्ला सामूदायिक आँखा केन्द्र चौताराले आयोजना गरेको सो शिविरमा ४० जना मोति विन्दु भएका आँखा विरामीलाई माघ २४ र २५ गते चौतारामै शिविरको आयोजना गरि शल्यक्रिया गरिने केन्द्रले बताएको छ । 


Comments