महिला विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग ३ विकेटले पराजित
Posted on: Oct 10, 2016


असोज २४, सिन्धुपाल्चोक - हङकङमा जारी महिला विश्वकप क्रिकेट एसियाली छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपाल आज थाइल्यान्डसँग ३ विकेटले पराजित भएको छ  । नेपालले दिएको ७७ रनको लक्ष्य उसले १८.४ ओभरमा ७ विकेट गुमाएर पुरागर्यो । नेपालको लागि एनके साहीले ३६ रन बाहेक अरुले दोहोर अंक जोड्न सकेनन 

पहिलो खेलमा आइतबार थाइल्यान्डले चीनलाई ७५ रनले हराएको थियो भने नेपाल आयोजक हङकङसँग ६ विकेटले पराजित भएको थियो ।एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङसँगै चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ । समूहका प्रत्येक टोलीले एकअर्कासँग २२ खेल खेल्नेछन् ।


Comments