सहकर्मि घिमिरेलाई मातृशोक
Posted on: Feb 22, 2018


रेडियो सिन्धु ,सिन्धुपाल्चोक, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाका सदस्य, रेडियो सिन्धुका कार्यक्रम प्रस्तोता, ओखरेनी साप्ताहिकका प्रकाशक÷सम्पादक अमित घिमिरेलाई मातृशोक परेको छ । उहाँकी ममतामयी माता पवित्रा घिमिरे (कृष्णमाया)को आज निधन भएको हो ।

लामो समयदेखि दमको रोगले ग्रसित घिमिरेको ८४ वर्षको उमेरमा निधन भएको हो । पत्रकार अमितकी माताको निधनमा नेपाल पत्रकार महासंघले शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । 
माता कृष्णदेवीको निधनमा महासंघसँगै नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखा, रेडिया सिन्धु र ओखरेनी साप्ताहिकले विज्ञप्ती निकाल्दै शोक व्यक्त गरेको छ । 
पत्रकार महासंघका सहसचिव किशोर बुढाथोकीद्वारा हस्ताक्षरित वक्तव्यमा भनिएको छ,  ‘यस दुखद घडिमा मृतात्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं ।’


Comments