मेलम्ची माथी नवलपुर बोलको सेलो गितको भिडियो सर्वजानिक
Posted on: Feb 26, 2018



फुलमान तामाङ /नवलपुर , सेलो गीत भन्ने वित्तिकै काठमाण्डौं आसपास थातथलो बनाएर बसेका तामाङ समुदायको गाउँहरुको सम्झना आउँछ । तिनै गीतमा तामाङ जनजीवनका कुराहरु उधिनिएका हुन्छन् ।
यसक्रममा राजु लामा(ह्योल्मो)र मेलिना राईको स्वरमा रहेको ‘मेलम्ची माथी नवलपुर’ बोलको सेलो गीतको भिडियो हिजो सर्वजानिक गरिएको छ।उक्त गितको भिडियो म्युजिक एण्ड मुभिज एक्सप्रेस ले बजार ल्याएको छ।गितको भिडियो हिजो सर्वजानिक गरिएको छ।
सिन्धुपाल्चोकका मेलम्ची र नवलपुर लगायत आसपासका तामाङ बस्तीहरुमा छयांङ्कन गरिएको उक्त गितको भिडियो आज दर्शकमा ल्याईएको गीतको म्युजिक भिडियोमा अभिनय गर्नु भएका कलाकार विशाल थिङ तामाङ ले जनाउनुभयो । माया पिरति र आफ्नो ठाउँ गाउँ को चिनारीको रुपमा यो कोसेली ल्याएको उहाँको भनाइ छ।
म्युजिक भिडियोमा भने कलाकार विशाल तामाङ थिङ, अर्जुन तामाङ ,निङजा लामा र शिखा तितुङ ले अभिनय गरेका छन। अमृत गिरीको निर्देशनमा रामेश्वर जिरेलले छयांङ्कन गर्नुभएको भिडियो आज रिलिज गरिएको यस म्युजिक भिडियोको गितमा शब्द समेत कोर्नु भएका विशाल योन्जन ले बताउनुभयो।

https://www.youtube.com/watch?v=xrH2BHfe034


Comments