सेलाङ काल्चेका १० विस्थापीत परिवारलाई लालपुर्जा
Posted on: Mar 07, 2018


फाल्गुन २३,सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउपालिका वडा नं १ स्थित सेलाङ काल्चेका १० विस्थापीत परिवारलाई वस्ति स्थान्तरण गरी पुननिर्माण प्राधिकरणले आज लालपुर्जा वितरण गरेको छ । उनिहरुलाई बलेफी गाउपालिका १ नम्बर वडाका दोबाटे चोकको जग्गा खरीद गरी पुर्जा हस्तान्तरण गरीएको सामुदायिक आत्मनिर्भरता केन्द्रकी कार्यक्रम संयोजक सिता भुजेलले बताउनुभयो ।भुजेलका अनुसार लाभगा्रहीलाई प्रति परिवार दुई लाख रुपैयाको घरेडी खरिद गरी लालपुर्जा हस्तानतरण गरेको छ । ५ परीपारले ११ आना र ५ परीवारले १० आनाका दरले स्थानिय नेत्र बहादुर थापाको जग्गा खरीद गरेका हुन् ।

सिन्धुपाल्चोकमा ५२१ घरपरिवार जोखिम युक्त बस्तिको रुममा रहेका छन्  । जसमध्य अहिलेसम्म ८० घरपरिवारलाई बस्ति स्नानतरण गरीसकेको  पुननिर्माण प्राधिकरण सिन्धुपाल्चोकका प्रमुख रुद्र मल्लले बताउनुभयो । जोखिम बस्ति अन्यन्त्र सार्ने काम तीव्र रुपममा अगाडि बढिरहेको उहाको भनाई छ ।


Comments