अहिलेसम्म १५ जना मोहिले जग्गा पाए
Posted on: Mar 07, 2018


फाल्गुन २३,सिन्धुपाल्चोक, मोहिको जग्गा बाडफाड सम्बन्धमा जिल्ला भुमि अधिकार मन्चले आज मालमोत कार्यलय संग छलफल गरेको छ ।जुगल गाउपालिकामा भएको छलफलमा मोहि जग्गा वितरण गर्ने बारे छलफल भएको छ । जिल्लामा हालसम्म मोहिको जग्गा आफ्नो नाममा गरीपाउ भन्दै ३ सय ६५ निबेदन परेको छ ।

परेका निवेदन मध्य हालसम्म १५ जनाले मात्र जग्गा प्राप्त  प्राप्त गरेका छन् ।आज भएको छलफलमा एक वर्ष भित्र अगामि भदौसम्म सबैलाई जग्गा उपलग्ध गराईसक्न भुमि अधिकार मन्चले आग्रह गरेको छ ।


Comments