​मेलम्ची खानेपानी काटमाडौँ लगेबापतको २५ प्रतिशत रोयल्टी कसैले काटेर काटिदैनः तामाङ
Posted on: Mar 07, 2018


सभासांसद शोर बहादुर तामाङले अब सिन्धुपाल्चोकको शिर उच्च हुने बेला आएको र सिन्धुपाल्चोक बासीलेकतै गएर पनि झुक्न नपर्ने बताउनू भएको छ । मेलम्ची खानेपानी काटमाडौँ लगेबापतको २५ प्रतिशत रोयल्टी कसैले काटेर नकाटिने भन्दै ढुक्क हुन आग्रह गर्नूभयो । आज मेलम्चीमा सम्पन्न ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमको सातौं साधारण सभा कार्यक्रममाका प्रमुख अतिथि तमामङले उक्त कुरा बताउनुभएको हो । साथै उहाले अबको २ बर्ष भित्रमा सिन्धुपाल्चोक जिल्लालाइ खानेपानि समस्या मूक्त क्षेत्र घोषण गर्ने प्रतिबद्घता गर्नूभयो ।
कार्यक्रमको बिशेष अतिथि एवम् प्रदेश सभा सांसद निमा लामाले सामाजिक उत्थान कार्यक्रमले राम्रो काम गर्दै आएको र अबको दिनमा पनि जनप्रतिनिधिहरु सँग समन्य गरेर मात्र काम गर्न आग्रह गर्नू भएको थियो । साथै कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल संबिधान सभा सदस्य इन्द«माया गुरुङ लगाएतले शुभकामनम दिनुभएको थियो । साथै कार्यक्रममा शोरबहादुर तामाङ, निमा लामा जिल्ला समन्वय समितिका अध्यक्ष्य कृष्ण गोपाल तामाङ इन्द«माया गूरुङ लगाएत जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।


Comments