मेलम्चीमा संगीत महोत्सव हुने
Posted on: Mar 07, 2018


भोलिबाट मेलम्चीमा संगीत महोत्सव हुने भएको छ । कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका विविध नाच प्रस्तुत गरिने बताइएको छ । झाँक्रीनाच, खैंजडी भजन, डम्फू नाच, पञ्चेबाजा लगायतका प्रस्तुति व्यवस्थापन समितिका सदस्य बिनोद खनालले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बास्कोटा, निशा देशार, जुना प्रसाईंलगायतका गायकको प्रस्तुति रहनेछ । 
संगीत महोत्सवमा लोकदोहोरी गायक नवराज घोरासैनी, उमा श्रेष्ठ, सूर्यमणि आचार्य, योगेश तामांग, भीमसेन खतिवडालगायत कलाकारहरुको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।


Comments