खान्दोके सेलो बल्लपो तामाङको हुल उठेउले गायक आस्मान लोप्चनको क्रेज बढ्दै ।
Posted on: Mar 07, 2018


सेलो गितलाई आफ्नो गायन शैलि बनाउदै अगि बढेका गायक आस्मान लोप्चनको चौथौ गित बल्लपो तामाङको हुल उठेउ भन्ने मौलिक तामाङ सेलो युटुब मार्फत सार्वजनिक भय लगतै  फ्यान फलोवरको क्रेज बढेको छ ।

नृत्य बाटै गायन सुरु गरेका गायक लोप्चन कुशल संचारकर्मि समेत हुन । सिन्धुपाल्चोक जिल्लाको पहिलो तामाङ भाषाका समाचार वाचक आस्मान संग ५ बर्षको रेडियो अनुभब पनि छ । रेडियो सिन्धु बाटै आफ्नो फ्यान फलोवर बनाएका गायक आस्मानको गायन यात्रा सुरु भयसंगै झनै शुभचिन्तक छ  ।
पहिलो गित आस्याङकि छोरी दोस्रो  हिमाल पारिको गाउँ तेस्रो नक्कलि गोरि ठिटिलाई र चौथो बल्लपो तामाङको हुल उठेउ भन्ने  हो।

आफ्नो पहिलो गित आस्याङकि छोरी क्या राम्रिले नसोचेको तरिकाले स्रोता दर्शकको मन जितेको बताउछन ।
अहिले सम्म १५० भन्दा बढि स्टेज कार्यक्रम गरिसकेका उनले धेरै जिल्लाहरु कार्यक्रमकै दौडानमा घुमिसकेकाछन ।

त्यस्तै अहिलेको  नयाँ गित ञबल्लपो तामाङको हुल उठेउझ खान्दोके सेलो हो । विशेष गरि सिन्धुपाल्चोक जिल्ला आस(पासमा प्रचलित भाका खान्दोके सेलो गितको भिडियो सिन्धुपाल्चोक धुस्कोटमा छायांकन गरियको छ  ।
मौलिक तामाङ सेलोलाई भिडियोमा पनि मौलिक रुपमा तामाङको छेवार ९ब्रतबन्ध० लाई आफ्नै भेषभुषासहित प्रस्तुत गरेकै कारण धेरै तामाङ सेलो दर्शकले रुचाएका बताउछन।

गायक आस्मान लोप्चनको आफ्नै शब्द संगित र स्वरमा रहेको गितलाई बुद्ध लामा तितुङले निर्देशन गरेका हुन ।

स्वयम गायक आफै अभिनित भिडियोमा प्रितम तामाङ , रन्जिता तामाङ ,आस्मा लामा र बले तामाङको दमदार अभिनय रहेको छ ।

रामेश्वर जिरेलले खिचेको भिडियोलाई दिपक तामाङले सम्पादन गरेका हुन भने छायांकन सिन्धुपाल्चोक जिल्लाको धुस्कोटमा गरिएको  हो ।

तामाङ समुदायमा सैलुङ्गे जुहारि ,फापरे सेलो ,म्हेन्दोमाया भनेझै खान्दोके सेलो पनि तामाङ सेलो भित्रको एक पाटो हो ।

खान्दोके सेलो प्रवर्द्धन गर्नको निमित्त सदैब लागि परिरहने छु बताउछन गायक आस्मान लोप्चन ।


https://www.youtube.com/watch?

 


Comments