जुगल गाउँपालिका वार्ड नं ४ पाङताङ खुल्ला दिसामुक्तक्षेत्र घोषित
Posted on: Mar 09, 2018


फागुन २४, सिन्धुपाल्चोक जिल्लाको उत्तरी जुगल गाउँपालिका वार्ड नं ४ पाङताङलाई विहिबारदेखि खुल्ला दिसामुक्तक्षेत्र घोषणा गरिएको छ । यो संगै जुगलका वडा नं ४, ५, ६ र ७ वडा खुल्ला दिसामुक्त क्षेत्र घोािषत भएका छन् । 
जिल्लामा कार्यरत संस्था जनहित ग्रामिण सेवा समिति र अक्सफामको सहयोगमा यी वडाहरु खुल्ला दिसामुक्त क्षेत्र घोािषत भएका हुन् । भूकम्प पछि दुबै संस्थाले जुगलको वडा नं ४ पाङताङ, वडा नं ५ बराम्ची र वडा नं ६ र ७ हगाममा शौचालयका सामाग्री वितरण गर्नुका साथै घर घरमा शौचालय बनाउने अभियान संचालन गरेका थिए । वडा नं ५, ६ र ७ पुनः खुल्ला दिसामुक्त क्षेत्र घोािषत भएका हुन भने वडा नं ४ भने पाङताङपहिलो पटक खुल्ला दिसामुक्त क्षेत्र घोािषत भएको हो । जनहितले भूकम्प अघि पनि खानेपानी सरसफाई तथा स्वच्छताको क्षेत्रमा काम गरि खुल्ला दिसामुक्त क्षेत्र घोषणामा काम गरेको थियो । 


Comments