उद्यमशिलतालाई जोड दिऔं – मन्त्री अरुण कुमार नेपाल
Posted on: Mar 09, 2018


सिन्धुपाल्चोक, फागुन २५ , पुराना पुस्ताले गर्दै आएका उद्योगधन्दा नया पुस्ताले अनुृसरण नगरेको भन्दै प्रदेश नं. ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण कुमार नेपालले दुख व्यक्त गर्नु भएको छ । आज सिन्धुपाल्चोकको चौतारामा आयोजीत लघु उद्यमीहरुको भेलामा मन्त्री नेपालले सो कुरा व्यक्त गर्नुभयो ।
भेलालाई सम्बोधन गर्दै मन्त्री नेपालले जनताको ठुलो त्याग र तपस्याबाट प्राप्त गरेको संविधान  मार्फत जनताले अहिलेसम्मको लागि आवश्यक सबै अधिकार पाएको बताउनु भयो । उहाले भविश्यमा कुनै कुरा अपुग लागेमा त्यसलाई थप गर्दै आवश्यक संसोधन समेत गर्न सकीने बताउनु भयो । मन्त्री नेपालले बालबालीकालाई उद्यम क्षेत्रमा आकर्षीत गरी उद्यमी पुस्ता उत्पादन गर्नूपर्नेमा जोड दिदैं अव पाठ्यक्रममा नै स्थानिय स्तरमा हुनसक्ने उद्यमशिलता सँम्वन्धी विषय पठनपाठन हुनुपर्नेमा जोड दिनुभयो ।  
मन्त्री नेपालले हाम्रा पुर्खाहरुले देशमै फलामखानीहरु उत्खनन् गरेर हतियारहरु समेत नेपालमै निर्माण गरी अँग्रेजसँग युद्ध लडेको स्मरण गर्दै अहिलेका युवा पूूस्ता भने श्रम बेच्न विदेश गएको प्रति दुख व्यक्त गर्नुभयो । मन्त्री नेपालले अव युवा शक्तिले स्वदेशमै साना ठुला उद्यम गर्नुपर्ने र त्यसको लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए । नेपालमा सामान्य औद्योगीक समाग्री पनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेकोले देशको अर्थतन्त्र मजबुद बनाउन पनि उद्यमशिलतालाई प्रोत्साहन गर्नुपर्ने बताए बताउनु भयो । 
कार्यक्रममा सिन्धुपाल्चोकबाट प्रदेश सरकारमा प्रतिनिधिन्व गरेका मन्त्री नेपाल, राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्मा र सिन्धुपाल्चोककै समानसपातिक तर्फको प्रदेश सभा सदस्य इन्द्रमाया गुरुङलाई जिल्ला समन्वय समिति र लघु उद्यम विकास संघद्धारा सम्मान गरीएको थियो । 


Comments