जनहित ग्रामिण सेवा समितिद्धारा कदमबासमा आज सार्वजनिक सुनुवाइ
Posted on: Mar 13, 2018


फाल्गुन २९ ,सिन्धुपाल्चोक, जनहित ग्रामिण सेवा समितिले कदमबासमा आज सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । अक्सफाम संगको साझेदारीमा चौतारा सांगाचोक गढि नगरपालिकाको ९ नम्बर वडामा ७३ साल चैत्र देखि ७४ फागुन सम्म सम्पन्न भएका क्रीयाकलापको बारेमा सार्वजनिक सुनुवाई गरेको हो । कार्यक्रममा जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले बजेट प्रस्तुतिकरण गर्नुभयो भने स्थानियले जिविकोपार्जन, खानेपानि परीयोजना लगाएतका कार्यक्रममा बारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा वडा ९ का अध्यक्ष विष्णु लामाले गैह्र सरकारी सस्था र स्थानिय तह दुबैको लक्ष्य आर्थिक सवृद्धि भएकाले संगै मिलेर काम गर्नुपर्ने बताउनुभयो । साथै उहाले सस्थाले कार्यक्रम बारे सार्वजनिक सुनुवाई गर्नु सकारात्म भएको बताउदै सस्थाले पारदर्शिता कायम गरेको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो ।कार्यक्रममा उपस्थित सहभगि , सहकारीका सदस्यहरुले अबका दिनमा अक्सफाम र जनहितलाई सामाग्रि पठाउदा गुणस्तरीए सामान पठाउन अनुरोध समेत गरेका थिए ।
 
जनहित गा्रमिण सेवा समितिले ९ नम्बर वडा कदमबासमा यो अवधिमा सिंचाई कुलो पुनस्थापना गरेको छ । मुलाबारी खानेपानि आयोजना र लामपाते खानेपानि आयोजना सम्पन्न गरेको छ । यस्तै लब्से सहकारीलाई सहयोग गर्नुका साथै जिविकोपार्जन कार्यक्रम अन्तरगत हलुवावेद कृषकलाई हलुबावेदबाट जाम बनाउने तालिम समेत सन्चालन गरेको थियो ।यस्तै वडाभित्र रहेको सेतिदेवि र सिंहदेवि आधारभुत विद्यालयमा पक्कि शौचालय निमार्ण गरेको छ ।

९ नम्बर वडामा सस्थाले गतबर्षको चैत देखि यस बर्षको फागुन सम्म उनानसय लाख ५५ हजार ९ सय २७ रुपैया रकम खर्च गरेको छ ।

यसअघि जनहितले जुगलगाउँपालिकाको वडा नं ४ पाङताङमा विहिबार र वडा नं ५ बराम्चीमा आईतबार सार्वजनिक सुनुवाई गरेको थियो  ।

यस्तै हिजो  सोमबार जुगल ६ मा स्थानियको बाक्लो उपस्थितिमा सार्वजनिक सुनुवाई सम्पन्न गरीसकेको छ ।

खानेपानी, सरसफाई तथा स्वच्छता, लैंगीक समानतातथा संरक्षण, जिविकोपार्जन, विपद जोखिम न्युनिकरण लगाएतका क्षेत्रमा काम गरिरहेको जनहितले भोलि जुगल ७ याङ्लाकोटमा सार्वजनिक सुनुवाई गर्न लागेको जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।


Comments