तामाङको नाम कानूनमन्त्रीमा आउनसाथ न्यायिक क्षेत्रका व्यक्तिद्रारा प्रोफाइल खोजि
Posted on: Mar 17, 2018


चैत्र ३, सिन्धुपाल्चोक, सिन्धुपाल्चोकमा पशुपतिशमशेर जबरालाई लगातार दुईपटक पराजित गरेर ‘राणा शासन’ ढालेको बताउने शेरबहादुर तामाङले कानून मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । 

तामाङको नाम कानूनमन्त्रीमा आउनसाथ न्यायिक क्षेत्रका व्यक्तिहरु उहाको प्रोफाइल खोज्न थालेका छन् । कतिपयले कानुनी क्षेत्रभन्दा बाहिरका व्यक्ति कानूनमन्त्री बनेको टिप्पणी पनि गरेका छन् । तर, मानवशास्त्रमा पीएचडी गरिरहेका तामाङ बार काउन्सिलबाट लाइसेन्स लिएका अधिवक्ता हुनुहुन्छ ।
नेपाल ल क्याम्पसबाट एलएलबी गरेका एमाले सांसद तामाङले इतिहास र मानवशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ् । अहिले उहा परम्परागत कृषि प्रणालीको विकल्प के हुन सक्छ भनेर मानवशास्त्रीय आँखाबाट पीएचडी गर्दैहुनुन्छ ।
मुलुक संघीयतामा गइसकेको अवस्थामा धेरै कानुनहरु बनाउनुपर्ने भएकाले भरोसा गरेरै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले आफूलाई यो जिम्मेवारी दिएको उहाले बताउनुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका तामाङ ०७० मा सिन्धुपाल्चोक ३ र ०७४ मा क्षेत्र घटेपछि क्षेत्र नम्बर २ बाट निर्वा्चित सांसद हुन् ।
तामाङले दुबै चुनावमा पशुपतिशमशेरलाई पराजित गर्नुभएको होे । यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी ९८ मतले पराजित हुनुभएको थियो । नेकपा एमालेको भातृ संगठन युवासंघको केन्द्रीय उपाध्यक्षसम्म भएका तामाङ एमालेको वागमती अञ्चल सचिव हुनुहुन्थ्यो ।
अशोक राईहरुसँगै वीरबहादुर लामा पनि पार्टी छाडेर हिँडेपछि तामाङ समुदायबाट एमालेले उहालाई अघि बढाउँदै वैकल्पिक केन्द्रीय सदस्य मनोनित गरेको थियो । नवौं महाधिवेशनबाट उहा केन्द्रीय सदस्य निर्वा्चित हुनुभयो ।
यसैबिच पहिलोचोटि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका तामाङको काँधमा गम्भीर जिम्मेवारी छ । नयाँ संरचनाका कानूनहरु बनाउनुपर्ने जिम्मेवारी एकातिर छ भने न्यायालयमा देखिएको विवाद र न्यायपरिषदको स्वच्छतामा पनि उनले सहजीकरणको भूमिका खेल्नुपर्ने हुन्छ ।
नेपालको इतिहासमै कहिल्यै नदेखिएको न्यायाधीश क्षेत्रको विकृतिबाट उनले देशलाई मुक्त गराउन सके भने तामाङको कार्यकाल सफल ठहरिने छ ।
यस्तै शेरबहादुर तामाङ र उषाकला राई दम्पत्ति नै पूर्णकालीन राजनीतिमा छन् । उषाकला प्रदेश १ को प्रदेशसभा सदस्य हुनुहुन्छ ।
यसअघि उषा ०६४ मा संविधानसभा सदस्य हुनुहुन्थ्यो ् । नेकपा एमालेबाट मन्त्री बन्ने उहा पहिलो तामाङ नेता हुनुहुन्छ् । उहा एमाले सम्वद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघका बरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ ।न्यायतथा संसदीयमामिलामन्त्रालय सम्हाल्दै शेरबहादुर तामाङले संविधानको मर्मअनुसार आवश्यक कानून तत्काल निर्माण गर्ने प्रतिबद्धता व्यक्तगर्नुभयो । 


Comments