अक्सफामले अब काठमण्डौबाटै सिन्धुपाल्चोक हेर्ने आपतकालीन सामान राखिएको गोदामघरको औपचारिक हस्तान्तरण
Posted on: Mar 21, 2018


 


। भूकम्प लगत्तै देखि काम गरिरहेको अन्तराष्ट्रिय गैर सरकारी संस्था अक्सफामले अब सिन्धुपाल्चोकका कार्यक्रम काठमाण्डौ बाटै हेर्ने भएको छ । 
आपतकालिन अबस्थामा खानेपानी, सरसफाई तथा स्वच्छता, खाद्य सुरक्षा तथा जिविकोपार्जन, लैंगिक समानता तथा संरक्षण, आवास र विपद जोखिम व्यबस्थापनको क्षेत्रमा काम गरिरहेको अक्सफामले आगामी अप्रील महिना देखि चौतारा स्थित कार्यालय बन्दगर्न लागेको जिल्ला कार्यक्रम व्यबस्थापक अनिता साहले जानकारी दिनुभयो । 
चौतारामा बुधबार आयोजित जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा बोल्दै साहले खानेपानी, सरसफाई र स्वच्छताको कार्यक्रम आगामी बर्ष सम्म जारी रहने जानकारी दिनुभयो । साहका अनुसार हाल हेलम्बुको तेम्बाथाङ्गमा बनीरहेको ४० घरको नमुना एकिकृत बस्ती र बाह्रबिसेको खुर्सानीबारीमा बनिरहेको दलितबस्तीका ६ वटा घर बनाउने काम पनि जारी रहने छ । उहाँले सेलाङ्गमा एकिकृत बस्ती विकास का लागि गरिएको पहलले समयमै सार्थकता पाए अझै कामगर्न सकिने जानकारी दिनुभयो । अक्सफामले सिन्धुपाल्चोकमा जनहितग्रामिण सेवा समिति, महिला आत्मनिर्भरता केन्द्र र ग्रामिणमहिला सृजनसिल परिवारसंग साझेदारीमा काम गरिरहेको छ । 
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङ्गले विपद्का बेला काम गरेकोमा अक्सफाम र साझेदार संस्थाहरुलाई धन्यवाद दिंदै अझै कामजारी राख्न आग्रह गर्नुभयो । उहाँले गैरसरकारी संस्थाहरुलाई कामगर्न अप्ठेरो भएमा जिल्ला समन्वय समितिले सहजीकरण गर्ने प्रष्नपार्दै कार्यक्रमबारे जानकारी गराउन गैर सरकारी संस्थाहरुलाई आग्रहगर्नुभयो । सोही कार्यक्रममा बोल्दै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ले जिल्लामा गैरसरकारी संस्थाहरुलाई कामगर्ने सहज वातावरण सृजना गर्नु पर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी तामाङ्ले सरकारी संयन्त्र भन्दा बढि बजेट सञ्चालन गरिरहेका गैरसरकारी संस्थाहरुको दर्ता र नबिकरणका काम एक घण्टाभित्रै गर्ने गरि व्यबस्थागर्न लागिएको जानकारी दिनुभयो । 
कार्यक्रममा अक्सफामका तर्फबाट जिल्ला कार्यक्रम व्यबस्थापक अनिता साहले हाल सम्म गरिएका कार्यक्रम र आगामी बर्षको तयारी बारे प्रस्तुती गर्नु भएको थियो । त्यसैगरि जनहित ग्रामिण सेवा समितिका कार्यक्रम संयोज कश्रीधर न्यौपाने, महिला आत्म निर्भरता केन्द्रका कार्यक्रम संयोजक भिमसेन रायमाझी र ग्रामिणमहिला सृजनशील परिवारका कार्यक्रम संयोजक ओम तामाङ्ले विगत २६ महिनामा अक्सफाम संगको साझेदारीमा गरिएका कार्यक्रम, लागत, त्यसबाट परेको प्रभावकाबारेमा प्रस्तुती गर्नुभएको थियो । कार्यक्रममा जिल्ला कृषिविकास कार्यालयका प्रमुख हिक्मतकुमार कार्कीले माटोको उर्वराशक्ति परिक्षणगर्ने शिवीरहरु संचालन गर्न सुझाब दिनुभयो । सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत आयोजना कार्यान्वयन इकाईका निमित्त प्रमुख टंक खनालले आवासको क्षेत्रमा गरिएको कामका लागि धन्यवाद दिंदै प्राविधिकहरुलाई तालिम दिने कार्यक्रम गर्न सुझाव दिनुभयो । उहाँले सेलाङ बस्तीका लागि कार्यालका तर्फबाट काम अघि बढाईएको जानकारी दिंदै जुगल गाउँपालिका मार्फत लाभ ग्राहि छनौट भएर आए पछि कार्यालयले नामावली राष्ट्रिय पुन निर्माण प्राधिकरण पठाईने बताउनुभयो । कार्यक्रममा बोल्दै गैर सरकारी संस्थामहासंघ नेपालका अध्यक्ष ज्ञानेन्द्र पौडेलले गरिवि निवारणकोषको कार्यक्रम समेत सकिएकोमा चिन्ता व्यक्तगर्दै यस्ता कार्यक्रमको निरन्तरताका लागि पहल गर्न आग्रह गर्नुभयो । गैसस महासंघकापुर्व अध्यक्ष सोम सापकोटाले जिल्लाबाट अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु बाहिरिने क्रम बढिरहेकोमा चिन्ता ब्यक्त गर्दै यो क्रम रोक्ने वातावरण मिलाउन जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्नुभयो । कार्यक्रममा कार्यालय प्रमुखहरु, गैरसरकारी संस्थामहासंघ, सञ्चारकर्मी, सुरक्षा निकाय लगाएको उपस्थिति रहेको थियो । 
यसैविच अक्सफाम संगको साझेदारीमा जनहितग्रामिण सेवा समितिले चौतारा स्थित नेपाली सेनाको मातहतमा रहनेगरि निर्माणगरिएको आपतकालीन सामान राखिएको गोदामघर (वेर हाउस) आजजिल्ला दैविप्रकोप उद्धार समितिलाई औपचारिक हस्तान्तरण गरिएको छ । सहायक प्रमुख जिल्लाअधिकारी दुर्गा बन्जाडे, नेपाली सेनाको चौतारा स्थितगोखर बहादुर गणकागणपति उमेश कार्की, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख मोहनथापा, अक्सफामका जिल्ला कार्यक्रम व्यबस्थापक अनिता साह, राजन वाग्ले, द्रोणउप्रेती, पत्रकार महासंघका सचिव दिनेश थापा जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्मा, कार्यक्रम संयोजक श्रीधर न्यौपाने लगाएतको उपस्थितिमा आजदेखि वेर हाउसको औपचारिक हस्तान्तरण गरिएको हो । वेर हाउसमा विपदका बेलाप्रयोग गरिने टेन्ट, त्रिपाल, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी सामाग्री, कम्बल, त्रिपाल, डोरी लगाएत आपतकालमा चाहिने सामाग्रीहरु राखिएका छन् ।सामाग्रीहरु अक्सफामले सहयोग गरेको विपद जोखिमव् यबस्थापन अधिकृत द्रोणउप्रेतीले जानकारी दिनुभयो । विश्वखाद्य संगठनले वेर हाउस निर्माणका लागि ठूलो टेन्ट सहयोग गरेको हो । वेर हाउसमा राखिएका सामाग्री विपदपर्दा जिल्ला दैविप्रकोप उद्धार समितिको निर्णयमाप्रयोग गर्न सकिने जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिनुभयो । 


Comments