सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु ।।
Posted on: Mar 23, 2018


चैत्र ९, सिन्धुपाल्चोक, काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलम्ची नगरपालिका १० का ४५ वर्षीय चन्द्रबहादुर देउजा, शिखरपुरका ६० वर्षीय खुमराज अधिकारी र मेलम्ची १२ बासवारीका ५६ वर्षीय तुलसा पराजुली रहेका छन् । आज दिउँसो मेलम्ची नगरपालिका–१२ स्थित बाँसबारीको तिन घरेमा बा २ ख ४३२५ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख मोहनप्रसाद पोखरेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोका अनुसार बस सडकबाट झण्डै ३५ मिटर तल खसेको छ । दुर्घटनाका घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । केहीलाई काठमाण्डौंको वि एण्ड वि अस्पताल, ओम अस्पताल र केहीलाई मेलम्ची पु¥याइएको छ । बसमा करिब ५० जना सवार रहेका थिए ।


Comments