गुम्बा, गोल्चे र पाङताङमा सोलार वितरण
Posted on: Mar 26, 2018


चैत्र १२, सिन्धुपाल्चोक, बिद्दुत लाईन नपुगेको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिकाको विभिन्न वडामा सौर्य सेट वाडिएको छ । गुम्बा, गोल्चे र पाङताङका २ हजार ६ सय पचास  परिवारलाई ३ वटा वत्ती बल्ने सोलार वितरण गरीएको छ ।साथै गाउपालिका, वडा, स्वास्थ्य चौकी, मा.बि. हरूमा १२ सय वाटको कम्प्युटर, प्रीन्टर चल्ने सोलार वितरण गरिएको जुगल गाउपालिकाले बताएको छ ।चीन सरकार र बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको सहयोगमा गाउलेले उज्यालो पाएका छन् ।जुगल गाउँ पालिका को तीन वडा गोल्चे गुम्बा पाङ्ताङमा सोलार वितरण पछि स्थानिय खुसि भएका छन् । 


Comments