​मेयरद्रारा धोविखोला स्थित माता रक्तकालि कृषि सडक मोटरबाटाको अनुगमन
Posted on: Mar 27, 2018


चैत्र १३,सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका– १ धोविखोला स्थित माता रक्तकालि कृषि सडक मोटरबाटो निमार्ण सम्पन्न भएको छ । नगरपालिका र स्थानीयहरुको सहयोगबाट १ हजार २ सय ५ मिटरको सडक निर्माण सम्पन्न गरिएको मोटरबाटो निर्माण समितिका अध्यक्ष सोम कार्किले बताउनुभयो । स्थानियले ‘बाटो नभएका कारण विकासमा पछाडि परेको आफ्नो ठाउको उत्पादनले अब बजार पाउने आशा गरेको बताएका छन् ।
सोमबार चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमासिं तामाङले सो मोटरबाटोको निरीक्षण गर्नुभएको छ । निरीक्षण पछि तामाङले  राम्रो सडक बनाएको बताउद अब यसको स्तारोन्नतीमा पहल गर्दै संरक्षण गर्न आवश्यक भएको बताउनुभयो । सडक निर्माणमा नगरपालिकाले ५ लाख रुपैंया बजेट छुट्रयाएको थियो । 


Comments