​रेडियो कार्यक्रमपछि सर्मिलालाई सहयोग
Posted on: Mar 31, 2018


चैत्र १७,सिन्धुपाल्चोक, रेडियो सिन्धुबाट प्रशारण हुने मेरो जिवन कथा कार्यक्रममा ईन्द्रावती गाउँपालिका–१० भोटसिपा–पाटीगाउँकि  शर्मिला थापाको जिवन कथा प्रशारण पछि सहयोग आउने क्रम सुरु भएको छ । 
शर्मिलालाई हाल बेलायतमा रहेका चौतारा–५ का अनुप कार्कीले नेपालि रुपैया  २० हजार र सेलाङ् गाविस घरभई मलेसिया बस्दै आउनुभएका सुजनविक्रम सिल्वालले रु. १० हजार १ सय १ रुपैया नगद सहयोग गर्नुभएको छ ।  कार्यक्रम निर्माता तथा प्रस्तोता अमित घिमिरेले जुटाएको सहयोग आज एक कार्यक्रम बिच उहालाई प्रदान गरीएको छ ।
संकलित रकम चौतारा–५ का समाजसेवी रामबहादुर कार्की र रेडियो सिन्धुकी प्राविधिक चन्द्रकला खत्रीले सयुक्त रुपमा शर्मिला थापालाई हस्तान्तरण गर्नु भएको छ । 
शर्मिलाको ४ बर्षकै हुदा उहाको बाबुको भिरबाट लडेर मृत्यु भयो । १० वर्षको उमेरमा  उहा अर्काको घरमा काम गर्न राजधानी पुग्नुभएको थियो । ३ वर्ष पछि जब शर्मिला १३ वर्षकी हुनुभयो उहाको आमाले अरु दुई वहिनीसमेत शर्मिलाको जिम्मामा छाडेर अन्यत्र विवाह गरेकि थिईन् । उहाको आमाले आफन्त पर्नेलाई १४ मुरी धान फल्ने  खेत पनि आफन्तलाई बेचेकि थिईन् । 
७÷८ वर्षका आफूभन्दा साना वहिनीहरु स्याहेर, उनीहरुलाई पढाएर शर्मिला अभिभावक बन्नुभयो अहिले बाख्रा पालन गरेर आयस्रोत गरीरहनुभएको छ  । यसरी आपतमा रहेकी शर्मिलाको समाचार ओखरेनीका सम्पादक किशोर बुढाथोकिले लेखेपछि सहयोग जुट्रदै गएको छ ।
यतिबेला उहाकि माइली बहिनी कक्षा ११ मा र कान्छी कक्षा ९ मा पढिरहनु भएको छ । स्वयम् शर्मिला भने १२ मा पूरक कुरीरहनुभएको छ । 


Comments