​चौतारा सांगाचोकगढि मेयर कप फुटबलमा१७ टिमको सहभागि
Posted on: Mar 31, 2018


चैत्र १७,सिन्धुपाल्चोक, सिन्धुपाल्चोककै सर्वाधिक पुरस्कार राशिको प्रथम चौतारा सांगाचोक गढि मेयर कप फुटबल चैत्र २० गतेबाट सुरु हुने भएको छ । आयोजक तोप २१ ले आज चौतारामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ । प्रतियोगितामा १७ वटा फुटबल टिम सहभागि हुने भएका छन् । जसमा जिल्ला बाहिरबाट ५ टिम सहभागि भएका छन् ।
 जसमा एन्फा अन्डर १६, एपिएफ वि , खरीवारी युथ क्लव ललितपुर ,काभ्रे फुटबल एसोसिएसन र दोलखा फुटबल एसोसिएसन रहेका छन् ।यसैगरी चौतारा भित्रका ४ क्लबपनि प्रतियोगितामा सहभागि हुदै छन् । जसमा चौतारा स्पोर्टिङ क्लव ,चौतारा युथ क्लव ,भुभुले युवा क्लव र लि फङ घले समाज रहेका छन् । यसैगर िजिल्ला भित्रका अन्य क्लवहरुमा नव प्रतिभा युवा क्लव बलेफी ,अधेरी युथ क्लव अधेरी ,सांगाचोक क्लव , ठुलोसिरुवारी क्लव र भिमटार फुटबल क्लव रहेको क्लवका अध्यक्ष अशोक कार्किले बताउनुभयो । 
यस्तै ठुलोपाखर क्लव , नवलपुर युनाईटेड , पांच पोखरी थाङपालधाप युवा क्लव रहेको कार्किले बताउनुभयो । चौताराको टुडिखेल मैदानमा हुने खेलमा १६ लाख बराबरको अनुमानित लागत रहेको आयोजक क्लव तोप २१ ले जनाएको छ ।
चैत्र २० देखि ३० सम्म हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद दुई लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।, दोस्रो हुनेलाई नगद एक लाख रुपैया र प्रत्येक खेलमा विजेतालाई नगद पाँच हजार रुपैयाँ संगै उपविजेतालाई नगद तीन हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै उत्कृट डिफेन्डर ,प्लेएर र स्कोररलाई ४२ ईन्चको एलईडि टिभि र मेडल प्रदान गरीने भएको छ ।
यो मेयर कप फुटबल प्रतियोगिता सिन्धुपाल्चोक जिल्लाकै ठुलो धनराशिको खेल भयको सस्था र २१ वटा प्रायोजक रहेको क्लबले बताएको छ । चैत्र २० गते पहिलो खेल एन्फा अन्डर १६ र चौतारा युथ क्लवबिच भएको छ । आज जिल्लाका पुराना खेलाडिहरुले लक्कि ड्र मार्फत खेल तालिका तयार गरेका हुन् । यस्तै २१ गते ठुलोसिरुवारी र चौतारा स्पोटै क्लव , अनि लि फङ घले र अधेरी युथ क्लब बिच खेल हुने भएको छ । यस्तै २२ गते ठुलोपाखर र भुलभुले युवा क्लव अनि सांगाचोक र बलेफी बिच खेल हुने भएको छ । २३ गते खरीवारी युथ क्लव ललितपुर र नवलपुर युनाईटेडबिच अनि देलखा  फुटबल क्लव र पाचपोखरी थाङपालधापबिच खेल हुने छ ।
२४ गतेभने काभ्रे र भिमटार क्लव बिच खेल खेलाईने मेयर कप फुटबल टुर्नामेन्टको टाइसिटमा उल्लेख छ । 


Comments