मेयर कपको उपाधिका लागि आज अन्तिम खेल हुँद
Posted on: Apr 01, 2018


चैत्र १८,सिन्धुपाल्चोक, मेलम्चिमा जारी जिल्ला स्तरीय खुल्ला भलिबल मेयर कपको उपाधिका लागि आज अन्तिम खेल हुँदैछ । मेलम्ची नगर युवा क्लब र दुवाचौर सामुदायिक युवा क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो सम्पन्न सेमिफाइनल खेलमा मेलम्ची नगर युवा क्लबले मेलम्ची नगर वडा नम्बर ८, केउरिनीलाई २५–१६, २५–२३. र २५–२१ को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै अर्को सेमिफाइनल खेलमा दुवाचौर सामुदायिक युवा क्लबले मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरलाई २१–२५, २५–२० र २५–२२ को सेटमा पराजित गरेको थियो । चैत १५ गतेबाट सुरु भएको खेलमा१३ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले एक लाख सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोश्रो र तेश्रो हुने टोलिले क्रमशः ७५ हजार र ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मेलम्ची नगर युवा क्लबका अध्यक्ष सानुबाबु गिरीले जानकारी दिनुभयो । 


Comments