ग्रामीण भेगमा पनि सेवा दिन तत्पर ः मयूर यातायात
Posted on: Apr 01, 2018



चैत्र १८,बनेपा , नयाँ, ठूला र सुविधासम्पन्न बस ल्याएर सेवा थालेको मयूर यातायात प्रालिले सरकारले रुट इजाजत दिए ग्रामीण भेगमा पनि सेवा दिन तत्पर रहेको बताएको छ ।

आफ्नो सेवाविरुद्ध कोटेश्वर पूर्वका १३ यातायात संघरसमितिले आइतबारबाट आन्दोलन सुरु गर्ने भएपछि मयुरले शनिबार बनेपामा पत्रकार सम्मेलन गर्दै सरकारले अनुमति दिएको खण्डमा ग्रामिण भेगमा समेत सेवा दिने बतायो ।
व्यवसायीले मयूरको बिरोधमा भक्तपुर र काभ्रेको ग्रामीण भेगमा सेवा अवरुद्ध गरेर जिल्ला प्रशासन कार्यालय काभ्रेले ‘एक्सन’ लिने बताएको छ ।
कोटेश्वर पूर्वका यातायात व्यवसायिहरुले अगाडी चैत्र १८ गते बाट विभिन्न चरणको आन्दोलन घोषणा गरेका छन् । जसअन्तर्गत काभ्रे र भक्तपुरका ग्रामिण भेगमा सवारी साधान नचलाउनेदेखि कोटेश्वर पूर्वको बाटो बन्द गर्ने सम्म कार्यक्रम छ ।
 नयाँ बस नया रुट इजाजत लिएर बनेपामा चैत्र १ गते भित्रिएपछि प्रहरीले साँगादेखि बनेपासम्म स्कर्टिङमा ल्याउने गरेको छ भने यात्रु चढ्ने स्थानमा समेत प्रहरीले उच्च सुरक्षा व्यवस्था अपनाएको छ ।


Comments