​त्रिपुरासुन्दरी गा पा ३ पात्लेमा घरायसि विवादमा ससुरा पर्नेले बुहारीलाई कुटे
Posted on: Apr 01, 2018


दिपक खत्री, चैत्र १८,सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गा पा ३ का पात्लेमा घरायसि विवादमा एक महिलामाथि कुटपिट भएको छ ।  पात्लेका ६२ बर्सिय खुइले भनिने दावा साङे तामाङले गए राति ९ बजे आफ्नै दाजुको बुहारी लाई रड बङ्रयाउन प्रयोग गरीने मेसिनले हान्नुका साथै मरणासन्न हुनेगरी कुटपिट गरेको वडा अध्यक्ष सुकदेव रिसालले बतानुभयो । कुटपिटबाट घाईते ३० वर्षिया मन कुरमारी लामाको अहिले किस्टोन अस्पताल बाह्रविसेमा उपचार भईरहेको छ । 
वडा अभ्यक्ष रिसालका अनुसार कुटपिटबाट घाईते महिलाको टाउकोमा ६ टाका लगाईएको छ । साथै हातको हड्रडिसमेत सरेको भिडियो एक्सरेबाट देखिएको छ । कुटपिटमा सम्लग्न ससुरा पर्ने खुइले भनिने दावा साङे तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय बाह्विसेका ईनिस्पेक्टर पन्च बहादुर बखुले बताउनुभयो । आफन्तको घेवामा गएका तामाङले मादक पदार्थ सेवन गरेर आएका थिए । सामान्य घरायसि कुरालाई लिउर उनिहरुबिच झगडा सूरु भएको थियो ।


Comments