मेयर कपको उपाधि दुवाचौर सामुदायिक युवा क्लबलाई
Posted on: Apr 01, 2018


चैत्र १८,सिन्धुपाल्चोक, चैत १५ गतेबाट मेलम्चीमा सुरु भएको जिल्लास्तरीय खुल्ला मेयर कप भलिबल प्रतियोगिताको उपाधि दुवाचौर सामुदायिक युवा क्लब ले जितेको छ । आयोजक मेलम्ची नगर युवा क्लबलाई २५–१७, २४–२६, २५–१३, र २६–२४ ले पराजित गर्दै दुवाचौरले उपाधि माथि कब्जा जमाएको हो ।  आजै भएको तेश्रो स्थानको खेलमा मेलम्ची नगरपालिका वडा नं ८ क्यौरेनी ले ३–२ को सेटमा मेलम्ची नगरपालिका वडा नं १ भोटेचौरलाई पराजित गदै तेश्रो स्थान हात पारेको छ । प्रतियोगितामा दुवाचौर सामुदायिक क्लबका मनोज ताामङ उत्कृष्ठ खेलाडी, सोही क्लबकै लोकेश तामाङ उत्कृष्ठ लिफ्टर र मेलम्ची नगर युवा क्लबका रामचन्द्र सापकोटा उत्कृष्ठ सटर धोषित भएका छन् । १३ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले एक लाख नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोश्रो भएको आयोजक मेलम्ची नगर युवा क्लब ले ७५ हजार र तेश्रो भएको मेलम्ची नगरपालिका वडा नं ८ क्यौरेनीले ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको समापन समारोहको प्रमुख अतिथिमा मा नेपाल सरकारको कानुन तथा संसदिय ब्यवस्था मन्त्रि शेर बहादुर तामाङ जिसस प्रमुख कृष्ण गोपाल तामाङ,मेलम्ची नगरपालिकाको मेयर डम्बर बहादुर अर्याल लगायतको उपस्थिती रहेको थियो ।


Comments