स्ववियु विनिर्वाचनका प्रतिबद्धता पुरा गर्दै नेविसंघ
Posted on: Apr 03, 2018


निरोज चौलागाइ चैत्र २०, सिन्धुपाल्चोक,  नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनमा प्रतिबद्धता जनाएको विषयलाइ पुरा गर्न थालेको  छ । सिन्धुपाल्चोकको बाह्रविसे स्थित  अरनिको क्याम्पसमा निर्वाचन ताका  गरेको प्रतिबद्धतालाइ पुरा गर्दै आएको नेविसंघ अरनिको स्ववियु सभापती हेमन्त श्रेष्ठले बताउनुभयो ।

क्याम्पसमा विपन्न र आर्थिक हवस्था कमजोर भएका विद्यार्थीहरुलाइ जुनसुकै संगठनको भएपनि  पढ्न आउने र आर्थिक  समस्याको कारण समस्यामा परेकोलाइ छात्रा वृत्ति दिएर समेत सहयोग गरेको  उहाले  बताउनुभयो ।  सघंले निर्वाचनमा   अरनिको क्याम्पसमा भएको पुस्ताकलयलाइ रकम सहयोग गर्ने प्रतिबद्धता जनाएको  थियो त्यसलाइ समेत पुरा गर्दै  पुस्तकालयको लागि क्याम्पस प्रमुख यम बहादुर बस्नेतलाइ  सभापति हेमन्त श्रेष्ठले ४५ हजारको चेक हस्तान्तरण गरेको  हो । 
 चेक हूतान्तरण गर्दै श्रेष्ठले नेविसघंले गरेको यो सहयोग पहिलो चरणको भएको र आगामि दिनमा क्याम्पसलाइ थप सहयोग गरिने बताउनुभयो 
क्याम्पस प्रमुख  र प्रशासनले संघले गरेको  सहयोगलाइ स्वागत योग्य रहेको  भन्दै प्रशंसा गरेको  छ । 


Comments